एमाले मकवानपुरले सम्झियो पुष्पलाललाई

बकैया दर्पण संवाददाता
७ श्रावण २०७९, शनिबार १०:२९

मकवानपुर । नेकपा एमाले मकवानपुरले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसको अवसरमा आज पुष्पलाल पार्क हेटौडामा माल्यार्पण सहित कार्यक्रम गरेको छ ।
एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमाले स्थायि कमिटि सदस्य एबम् बागमती ईन्चार्ज काशीनाथ अधिकारीको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य एबम् मकवानपुर ईन्चार्ज रामेश्वर राना, एमाले केन्द्रिय सल्लाहाकार एवं वागमति प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल, बागमति प्रदेश कमिटिका उपसचिब महेश बर्तौला, बागमति प्रदेश कमिटि सदस्य दवराज रिमाल, ईन्द्रमान स्याडतान, एमाले मकवानपुरका उपाध्यक्ष लाल वहादुर थापा, सचिव नविन सिग्देल, प्रचार बिभाग प्रमुख ध्रुब प्रसाद चौलागाई, सचिवालय सदस्य, जुना दहाल, सुनिल लोप्चन, सुमित्रा काफ्ले, फुर्वा दोर्जे लामा, जिल्ला सदस्य आरती पाठकलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*