कैलाश गाउँपालिकाले करारका कर्मचारी हटायो

बकैया दर्पण संवाददाता
४ श्रावण २०७९, बुधबार १३:३०

मकवानपुर । कैलाश गाउँपालिकाले करारका कर्मचारी हटाइएको छ । पालिकाले कुनै आधार नखुलाई र परीक्षासमेत नलिई वर्षौंदेखि काम गर्दै आएका करारका कर्मचारीलाई हचुवाका भरमा बिदा गरिएको छ।
पालिकाले श्रावण २ गते निकालेको सूचनामा साउन १ देखि काममा नआउन भनिएको छ।
कैलाश गाउँपालिका वडा नम्बर १ कार्यालयमा करारका कर्मचारीलाई राजनीतिक आस्थाकै आधारमा हटाएको निर्णयको बिरोध गर्दै वडा कार्यालयमा तालाबन्दी गरेको छ ।
सोही कार्यालयमा कम गर्दै आउनु भएको कार्यालय सहयोगी राजेन्द्र लामाले राजनीतिको आधारमा हटाएको भन्दै विरोध स्वारुप तालाबन्दी गरेको बताउनु भयो । स्थानीय तहले आवश्यकताअनुसार करारमा कर्मचारी राख्न र हटाउन भने पाउँछन्, तर उचित कारण खुलाउनुपर्दछ । कार्यालय सहयोग आसमान थिङले आफ्नो पार्टीभन्दा फरक आस्था राख्नेहरूलाई करार सेवाबाट हटानु गलत भएकाले यसको बिरोध गर्ने बताउनुभयो ।

पालिकाहरूले नयाँ आर्थिक वर्ष सुरू हुनै लाग्दा कारणबिनै कर्मचारी हटाएका हो । असार २२ मा गाउँ कार्यपालिका बैठकले करार सेवाका कर्मचारीको म्याद थप नगर्ने र साउन १ देखि काममा नलगाउने निर्णय गरेको थियो। गाउँपालिकाले बिषयगत शाखा,कार्यालय सहयोगि,स्वास्थ्य, न्यायीक जस्तामा काम गर्न नियुक्त गरिएका करार सेवाका कर्मचारी हटाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*