एम. अधिकारी गभर्नर नभई सिए मनोज अधिकारी रहेको एमालेको प्रष्टीकरण

बकैया दर्पण संवाददाता
३० असार २०७९, बिहीबार १४:१५

मकवानपुर । नेकपा (एमाले) ले पार्टीको अर्थ तथा योजना विभागमा सदस्य रहेका एम। अधिकारी चर्टर्ड एकाउन्टेन (सिए) मनोज अधिकारी भएको स्पष्ट पारेको छ । नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीले आयोगका सदस्य रहेका एम. अधिकारी गभर्नर नभएको जिकिर गर्नुभएको छ ।

‘अहिले त्यसै भ्रम पैदा गर्न खोजिएको बताउदै समितिमा भएका साथी गभर्नर नभई सिए मनोज अधिकारी हु न्।’ सचिव अधिकारीले भन्नुभयो, ‘खोटाङमा जन्मिनु भएका उहाँ अहिले विराटनगरतिर बस्नुहुन्छ । पार्टीका पुराना साथी हुन् ।’

सत्ता गठबन्धनले भने गभर्नरले छद्म नाममा पार्टीको विभागमा बसेको भन्दै उहाँको राजीनामा मागिरहेका छन् । गभर्नर अधिकारीले यस विषयमा स्पष्ट पार्न एमाले केन्द्रीय कार्यालयलाई पत्र पठाएपछि सचिव अधिकारीले एम. अधिकारी, खोटाङ भन्ने व्यक्ति तपाइँ नभएको भन्दै जवाफ पठाउनु भएको छन ।
यस विषयमा लगातार प्रश्न उठे पनि एमालेले एम। अधिकारीबारे फरक–फरक तर्क गर्दै आएको छ तर यिनै हुन् भनेर फोटो सार्वजनिक गर्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*