समाजवादीसँग एकता नगर्ने ईन्द्र बाँनियाको धारणा

बकैया दर्पण संवाददाता
२९ असार २०७९, बुधबार १५:३०

मकवानपुर । नेकपा एकिकृत समाजवादीसँग अब एकता नगर्ने नेपाली काङ्ग्रेसका बागमति प्रदेश सभापति तथा संसदिय दलका नेता ईन्द्र बहादुर बाँनियाले बताउनुभयो ।

काठमाडौँको एक रेडियोसँगको अन्र्तवार्तामा उहाँले एकिकृत समाजवादीका नेता राजेन्द्र पाण्डे जो आफै उपाध्यक्ष रहनु भएको ब्यक्तिले सहमति नमान्नु भनेको राजनैतिक बेइमानी भएको बताउदै आफैले लेखेको सहमति नमान्नुलाई दलको राजनैतिक इमान र त्यो दलको जनताप्रतिको दृष्टिकोण प्रष्ट भएको बताउनुभयो । हिजो जे सहमति भएको हो त्यो सहमति नमान्ने एकिकृत समाजवादीसँग अब नेपाली काङ्ग्रेसले एकता नगर्ने बताउनुभयो । बागमति प्रदेशमा एकिकृत समाजवादीले सहमति नगरे आफु दलको कारवाही भोग्न तयार रहेको बताउदै अब एकिकृत समाजवादीबाहेकको गठबन्धन गरेर जाने ठाकुवा गर्नुभयो ।

काङ्ग्रेस नेता बाँनियालले हिजो आबश्यकता र औचित्यताका आधारमा गठबन्धनमा रहेका दलहरुका बिचमा गठबन्धन बनाएर अगाडि जाने नीति अनुसार नै स्थानिय निर्वाचन सम्पन्न भएको स्पष्ट पार्नुभयो । उहाँले गठबन्धन आबश्यक रहेको बताउदै गठबन्धन नहुदा पनि नेपाली काङ्ग्रेस एक्लै लड्न सक्ने दावी गर्नुभयो ।

काङ्ग्रेस नेता बाँनियाले गण्डकी प्रदेशका मूख्यमन्त्रीले अन्जानमा आफ्ना आफन्तको नाममा बजेट राखेको बताउदै चाँडै त्यो सच्चिने बताउनुभयो । उहाँले कसैले फसाउन यस्तो राखेको बताउदै चाडै जनताको प्रतिनिधि भएकाले जनताले गलत भनेका कामहरु नगर्नु राम्रो हुने सुझाव दिनुभयो ।

उहाँले बाबुराम भट्टराई बिद्धान भएको स्वीकार गर्दै उहाँको आफ्नै ठेगान नभएको बताउदै उहाँ जस्तो फिरन्तेले काङ्ग्रेसले के भन्छ त्यो चासोको बिषय नभएको बताउनुभयो । भातृसंस्थाको पूर्णता दिने कुरामा नेतृत्व सकारात्मक भएको उहाँको भनाई छ । उहाँले भातृसंस्थाको निर्माण भएको र त्यसलाई पूर्णता दिन मात्रै बाँकी रहेको बताउनुभयो । अहिले भातृसङ्गठनबाट भएको आन्दोलनलाई उनीहरुले लिएको चासो र चिन्ताको रुपमा बुझ्नु नै उत्तम हुने उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*