ट्रष्टका नाममा छुट्याइएको बजेट फिर्ता गर्न गण्डकी सरकारको निर्देशन

बकैया दर्पण संवाददाता
२७ असार २०७९, सोमबार ११:१३

मकवानपुर । गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा छुट्याएइको बजेट फिर्ता लिन तयार भएको छ ।

चौतर्फी आलोचना भएपछि गण्डकी प्रदेश सरकारले बजेट फिर्ता लिने भएकाे हाे । बजेट मार्फत मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललगायतका आफन्तहरूका नाममा छुट्याइएको बजेट फिर्ता लिन निर्देशन दिइएको मूख्यमन्त्रीको सचिवालयले दावी गरेको हाे । मुख्यमन्त्री पोखरेलले त्यस्तो बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जनाएका छन् ।

गण्डकी सरकारले मुख्यमन्त्री पोखरेलका बुबाको नाममा खोलिएको ट्रष्टलाई ५० लाख र शिक्षामन्त्री मेखलाल श्रेष्ठका बुवा र आमाको नामको ट्रष्टका लागि १ करोड, कांग्रेस केन्द्रीय सदस्य अर्जुन जोशीका बुबाको नामको पार्कका लागि २० लाख बजेट छुट्याइएको थियो । कांग्रेसका स्वर्गीय नेता डिल्लीराम लामिछानेको नाममा २० लाख, कांग्रेस नेतृ सीताकुमारी काफ्ले आमाबाबुको नाममा ५० लाख, जनमोर्चा सांसद पियारी थापाका दम्पतिको ट्रष्टलाई ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, मुख्यमन्त्री पोखरेलकै बुबाको नाममा दमौली अस्पतालमा रहेको ‘गोवद्र्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’ बारे सम्भाव्यता अध्ययन गर्ने भन्दै १० लाख रूपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी विपी कोइरालाका नाममा गण्डकी प्रदेशका १२ ठाउँमा पार्क र भवन बनाउन १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

विनियोजित उपरोक्त रकम सबै फिर्ता हुने नहुने विषयमा भने मुख्यमन्त्रीको सचिवालयले स्पष्ट पारेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*