बूढीगङ्गाकाे मेयर र उपमेयरमा एमाले विजयी

बकैया दर्पण संवाददाता
२६ असार २०७९, आईतवार १४:००

मकवानपुर । बाजुराको बूढीगङ्गा नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले चार हजार सात सय ७७ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रङ्गबहादुर खातीले तीन हजार सात सय ७४ मत ल्याउनुभयो । यस्तै उपमेयरमा एमालेकी माया कुँवरले चार हजार सात सय २७ मत ल्याएर विजयी हुनुभयो भने पराजित हुनुभएकी कांग्रेसकी रीता शाहीले तीन हजार सात सय ५५ मत ल्याउनुभयो ।

बूढीगङ्गाका १० वटा वडामध्ये सात वटा एमालेले जितेको छ । तीन वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ ।

बूढीगङ्गामा नयाँ जनप्रतिनिधि चुन्न गएको बिहीवार पुनः मतदान भएको थियो । गएको वैशाख ३० गते भएको चुनावमा धाँधली भएपछि निर्वाचन आयोगले पुनः मतदान गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*