बुढिगंगा नगरपालिकामा मतगणना जारी, सकिएका ४ वटै वडामा एमाले विजयी

बकैया दर्पण संवाददाता
२५ असार २०७९, शनिबार १४:०३

मकवानपुर । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणना मध्य हालसम्म ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार वडा नम्बर १, २, ९ र १० मा मत गणना सकिएको हो । सम्पन्न भएका ४ वटै वडामा एमालेका उम्मेदवार विजयी भएका उहाँले बताउनुभयो ।
उहाँका अनुसार वडा नम्बर १ मा एमाले रणबहादुर थापा, वडा नम्बर–२ मा नेकपा एमालेका पदम बहादुर भण्डारी, वडा नम्बर–८ मा मीनबहादुर सिंह र वडा नम्बर–१० मा एमालेकै दलबहादुर साउद डेभिड विजयी भएका हुन् । अहिले वडा नम्बर–३ र ८ को मतगणना भइरहेको छ ।
बुढीगंगा नगरपालिकाको मेयर र उप–मेयरमा पनि नेकपा एमालेका उम्मेदवार अगाडी रहेका छन् । हालसम्म ३ हजार ९६२ मत गणना हुँदा मेयरमा एमालेका उम्मेदवार राम बहादुर बानियाँ २ हजार ४४३ मतले अगाडि रहनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार २९१ मत ल्याउनुभएको छ।
उपमेयरमा पनि एमालेकी माया कुमारी खड्का ९कुवँर० ले २ हजार ४१७ मत ल्याउँदै अग्रता कायम गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी रिता शाहीले १ हजार ३१२ मत ल्याउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*