बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने

बकैया दर्पण संवाददाता
२४ असार २०७९, शुक्रबार १०:१४

मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही असार २९ गते बस्ने भएको छ । बैठक असार २९ गते बुधबार अपराह्न १ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार, उक्त बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको केही अध्यादेशहरु र विधेयकहरु प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बैठकका लागि प्रदेशसभाका सबै सदस्यहरुलाई सहभागि हुन सूचना सम्प्रेशण गरिसकेको पनि उहाँले बताउनुभयो ।

प्रदेशसभाको बैठक यसअघि असार १६ गते प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९र०८० को विनियोजित बजेट पारित भएसँगै अनिश्चितकालका लागि स्थगित भएको थियो । प्रदेश सरकारले आगामी आवको लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँ बजेट ल्याएको छ । तीमध्ये चालुतर्फ १९ अर्ब २ करोड रुपैयाँ, पुँजिगततर्फ ४१ अर्ब ५६ करोड रुपैयाँ, वित्तिय हस्तान्तरण तर्फ ८ अर्ब रुपैयाँ र वित्तिय व्यवस्थापन तर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*