बुढीगंगा निर्वाचनमा फेरि विवाद, प्रहरीद्वारा हवाई फायर

बकैया दर्पण संवाददाता
२३ असार २०७९, बिहीबार १३:०९

मकवानपुर । बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार जारी मतदानमा फेरि विवाद भएको छ । त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएको हो ।

वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि स्थगित भएको बाजुरामा बिहीबार जारी पुनः मतदानमा समेत विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ । उक्त मतदान केन्द्रमा विवाद बढेपछि करिब १५ मिनेट मतदान स्थगित भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*