बाजुराको बुढीगंगामा मतदान जारी, एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा

बकैया दर्पण संवाददाता
२३ असार २०७९, बिहीबार ११:२७

मकवानपुर । बुढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चयन गर्न लागि पुनः मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको बिबादमा परेर स्थगित भएको स्थानीय तहको निर्वाचन राजनीतिक दलको सहमति अनुसार आज सुरु भएको छ। मतदान बिहान ९ बजे देखी साँझ ५ सम्म चल्नेछ ।

१० वटा मतदानस्थलमा मतदानको प्रक्रीया सुरु भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारले जानकारी दिए। उनका अनुसार मतदान शान्तिपूर्ण तरिकाले जारी रहेको छ । गत निर्वाचनमा मुख्यतः कांग्रेस र एमालेले बुथ कब्ज गरेर मत परिणाम प्रभावित पार्न खोजेको भन्दै आरोप लगाएपछि असहज अवस्था बन्दै गए पछि निर्वाचन आयोग, बाजुराले अन्तिम समयमा मतदान स्थगित गरेको थियो। सर्वोच्च अदालतसम्म पुगेको सो स्थगित मतदानलाई पुनः राजनीतक दलहको आपसी सहमतिमा २३ असारमा सुरु गरिएको हो ।

जारी निर्वाचनमाा बुढीगंगा नगरपालिकाको भावी मेयर पदका लागि नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ बलिया उम्मेदवार मानिएका छन् । बुढीगंगाको मत परिणाम आएसँगै स्थानिय तहको निर्वाचन भने औपचारिक रुपमा अन्त्य हुनेछ। स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी बुढीगंगा मात्रै एक्लो र अन्तिम स्थानीय तह हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*