उत्पादनसँग जोडिएका कृषकको प्रचार गर्न कृषि मन्त्री मन्त्री हुमागाईंको आग्रह

बकैया दर्पण संवाददाता
२२ असार २०७९, बुधबार ०९:२९

मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईंले उत्पादनसँग जोडिएका कृषकहरुको प्रचार गरिनुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा कृषि पत्रकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कृषि तथा पशुपन्छी क्षेत्रमा उत्पादनसँग जोडिएका कृषकहरुको प्रचारप्रसार गर्न सञ्चारकर्मीलाई अनुरोध गर्नुभएको हो ।

उहाँले मन्त्रालयका कमजोरीलाई औल्याउदैं सबल पक्षको समाचार लेखी मन्त्रालयले गरेका कामहरु किसान समक्ष पुर्याउन अनुरोध गर्नु भएका छ । प्रदेशको समग्र कृषि क्षेत्रलाई कसरी विकास गर्ने भनी मन्त्रालयले तयार पारेको किसान लक्षित मार्ग चित्र भित्रका योजनालाई कार्यान्वयनतर्फ लग्ने कार्य भइरहेको बताउनुभयो । अनुदानलाई व्यवस्थित गर्दै सामूहिक खेतीलाई प्राथमिकता राखी काम गरिने उहाँको भनाई छ ।

अन्तरक्रियामा बोल्दै मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले तथ्यमा रहेर समाचार लेख्दा थप प्रभावकारी देखिने बताउनुभयो । उहाँले वडावडामा प्राविधिक, ल्याब सञ्चालन, थोक बजार केन्द्र निर्माण, प्राङ्गारिक मल प्रयोगमा कार्ययोजना, कोल्ड च्याम्बर निर्माणका साथै गतवर्षकै प्रति लिटर दूध अनुदान कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम सुरु गरिने बताउनुभयो । कार्यक्रममा मन्त्रालयका प्रवक्ता एंव कृषि प्रसार अधिकृत झलकनाथ कंडेलले मन्त्रालयले आव २०७९/०८० को कार्ययोजनाहरु प्रस्तुत गर्नुभएको थियो ।
मन्त्रालयको सहकार्यमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

कार्यक्रम महासंघका अध्यक्ष मणिराज गौतमको अध्यक्षता तथा मन्त्री हुमागाईको प्रमुख अतिथ्यतामा भएको भएको हो । कार्यक्रममा मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख ब्रजकिशोर ठाकुरलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*