नमुना प्रदेश युवा सभा अभ्यास कार्यक्रम आजबाट हेटौंडामा सुरु

बकैया दर्पण संवाददाता
१९ असार २०७९, आईतवार १७:०३

मकवानपुर । हेटौंडामा आजदेखि नमुना प्रदेश युवा अभ्यास कार्यक्रम सुरु भएको छ । उक्त नमुना कार्यक्रम प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा सुरु भएको हो । कार्यक्रममा प्रदेशका विभिन्न स्थानीय तहका ७० जना युवाहरुको सहभागिता रहेका छन् ।

कार्यक्रमको उउद्घाटन गर्दै प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले संसदको राम्रो अध्यास गर्न आग्रह गर्नुभयो । उहाँले संसद कसरी चलाउनुपर्छ र सफल राजनीतिक अभ्यास गर्न सबैलाई आग्रह गर्नुभएको हो । उहाँले नमुना भनेको नमुना रुपमानै यो कार्यक्रम गरेर देखाउन आग्रह गर्नुभयो । यस्तै, कार्यक्रममा प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामीले युवाहरुलाई राजनीतिप्रति बितृष्णा भइरहेको समयमा यो कार्यक्रम प्रभाबकारी रहने बताउनुभयो ।

कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले संसदीय अभ्यास सिकाउनका लागिनै यो कार्यक्रम गरिएको जानकारी दिनुभयो । अहिले युवालाई खोज्दै सरकार घर–घरमा पुगिरहेको अवस्थामा युवाहरु भने खाडी मुलुकमा कठिन श्रम गर्न बाध्य भएका बताउँदै उनले राजनीति भनेको फोहोरी खेल नभएको दावी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*