सहमति कार्यान्वयन नभए आफु मुख्यमन्त्रिको लागि नदौडने बानियाँको भनाई

बकैया दर्पण संवाददाता
१९ असार २०७९, आईतवार १६:५०

मकवानपुर । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले आफु मुख्यमन्त्रीको लागि मरिहत्ते नगर्ने बताउनुभएको छ । आज हिमालयन टेलिभिजनमा कुराकानी गर्दै उहाँले नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पद नछोडे पदकै लागि आफु नहिड्ने बताउनुभएको हो । आफुले न्याय, सेवा, इमान्दारिता र जिम्मेवारीका लागि राजनीति गरेको भन्दै उहाँले आफुहरु पदभन्दा पनि पद्दतिमा हिड्ने पार्टी भएकाले समाजवादीलाई हिजोको सहमति र सम्झौता भन्दा मुख्यमन्त्री प्यारो भएकोले आफुले पदकै लागि मरिहत्ते गरेर नहिड्ने बताउनुभयो ।

उहाँले हालका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नै हस्तलिखित सम्झौता गरेको प्रष्ट पार्नुभएको छ । केहि समय अघि आलोपालो गर्ने गरी सहमति भएको लिखित बाहिरिएको थियो, उक्त लिखित पाण्डे आफैले लेखेको बानियाँले खुलासा गर्नुभएको हो । उहाँले नेकपा समाजवादीले सहमति र सम्झौतालाई मान्दिन भन्नु राजनीतिमा इमान कम, पद बढी र बेइमानीको शृंखलाको प्रारम्भ भएको बताउदै मौखिक र लिखित सहमति हुँदाहुदै पनि समाजवादीले मुख्यमन्त्री पद छाड्न नमाने पनि कांग्रेसले संस्कारको राजनीति गर्ने भएकाले गठबन्धनका दललाई धोका नदिने बताउनुभयो ।

उहाँले नेपाली कांग्रेसले धैर्यताका लागि राजनीति गरेको भन्दै हिजो सहमति कार्यान्वयन नगरेकोमा मुख्य जिम्मेवारी रहने बताउनुभयो । उहाँले स्थानिय तहको निर्वाचनलाई लिएर बिभिन्न टिकाटिप्पणी हुनु गलत भएको बताउनुभयो । उहाँले नेपाली कांग्रेसले गणतन्त्रको स्थायित्वका लागि प्राथमिकताका लागि लडेको बताउनुभयो । वामघटकहरु एक ठाउमा उभिनु सुन्दर बिषय भएको बताउदै उहाँले नेपाली कांग्रेसले हरेक परिवर्तनमा नेतृत्व लिएको उहाँले स्मरण गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*