राज्यमन्त्री वलीको राजीनामा स्वीकृत

बकैया दर्पण संवाददाता
१५ असार २०७९, बुधबार १४:२२

मकवानपुर । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीको राजीनामा मुख्यमन्त्रीले स्वीकृत गरेका छन् । वलीले आफूमाथि भइरहेको छानबिनलाई सहज बनाउन भन्दै बुझाएको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभालाई जानकारी गराएका हुन् । प्रतिपक्षी दलले वलीमाथि भइरहेको छानबिनबारे सदनमा प्रश्न उठाएपछि जवाफ दिँदै मुख्यमन्त्री केसीले यही असार १२ गते वलीले राज्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको जानकारी गराएका हुन् । उनले छानबिनको सहजताका लागि राजीनामा दिएको भन्दै धन्यवाद दिए ।

जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समितिसमेत गठन गरेको थियो। समितिले वली र बस्नेतसँग छलफल गरिसकेको छ । पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख)मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*