लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमलाले दिइन् राजीनामा

बकैया दर्पण संवाददाता
१५ असार २०७९, बुधबार १३:४९

मकवानपुर । विवादमा तानिएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिनुभएको छ । राज्यमन्त्री वलीले बुधबार मुख्यमन्त्री कुल प्रसाद के.सी.लाई राजीनामा बुझाउनु भएको हो । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उहाँकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । छानबिन समितिलाई सघाउन भनेर उहाँले राजीनामा दिनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*