मदन भण्डारीको ७१ औं जन्मजयन्ती आज

बकैया दर्पण संवाददाता
१४ असार २०७९, मंगलवार ०९:०२

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज मंगलबार ७१ औँ जन्मजयन्ती मनाइँदैछ । जन्मजयन्तीका अवसरमा एमाले र उसका विभिन्न भातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मनुभएका भण्डारीलाई नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका नवीन विचारक एवं सिद्धान्तकार मानिन्छ । उहाँले प्रतिपादन गर्नुभएको नेपाली क्रान्तिको मौलिक सिद्धान्त अर्थात जनताको बहुदलीय जनवाद (जबज) लाई आज पनि एमालेले मुख्य राजनीतिक सिद्धान्तको रुपमा लिने गरेको छ । भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*