कर्णाली प्रदेशसभाको बैठक आज दिउँसो आह्वान, चल्न नदिने एमाले अडान

बकैया दर्पण संवाददाता
१४ असार २०७९, मंगलवार ०८:५८

मकवानपुर । कर्णाली प्रदेशसभा बैठक आज मंगलबार दिउँसो ३ बजे बस्दैछ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका कारण स्थगित हुँदै आईरहेको बैठक मंगलबार बोलाईएको हो । दशौं अधिवेशन अन्तर्गतको १७ औं बैठकमा प्रतिपक्ष दलसँग सरकारले गरेको ७ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । एमालेले आफूसँग भएका सहमति कार्यान्वयन नभए संसद चल्न नदिने अडान छाडेको छैन ।
बजेटमा १७ लाख भन्दा तलका टुक्रे योजना नल्याउने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि संशोधन गरिनुपर्ने लगायतका विषयमा सम्झौता गरेपनि सरकारले अटेरी गरेको एमालेको आरोप छ ।
तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यकालको अन्तिमतिर पनि एमालेले लगातार प्रदेशसभा अवरुद्ध गरेको थियो । शाहीपछि सरकारको नेतृत्वमा आएका जीवनबहादुर शाहीले भने प्रमुख प्रतिपक्षी दलसँग ७ बुँदे सम्झौता गर्दै संसदको गतिरोध हटाउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*