शरीर बन्धक बनाई पैसा माग गर्ने हेटौंडाका तीन युवक पक्राउ

बकैया दर्पण संवाददाता
८ असार २०७९, बुधबार १८:१३

मकवानपुर । शरीर बन्धक बनाई पैसा माग गरेको आरोपमा मकवानपुर प्रहरीले हेटौंडाबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित ट्राभल होटल एण्ड लजको रुम नम्वर १०७ मा एक पुरुषलाई बन्धक बनाई राखेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौंडा–१५ बस्ने २९ वर्षीय सुरेश लामा, हेटौंडा–१२ बस्ने २१ वर्षीय समिर बल र २८ वर्षीय अशोक लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुलाई पर्साको बिरंगज महानगरपालिका वडा नम्वर १९ बस्ने २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाई घरमा फोन सम्पर्क गर्न लगाई पैसा माग गरेको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उनीहरुले अमनलाई गत जेठ २९ गतेदेखि उक्त होटलमा बन्धक बनाई राखेका थिए । पक्राउ परेका उनीहरुलाई मकवानपुर जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद लिई थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*