असार ९ बाट ५ देखि १२ वर्षका बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप लगाइने

बकैया दर्पण संवाददाता
८ असार २०७९, बुधबार १०:०२

मकवानपुर । मकवानपुरमा यही असार ९ गते बिहीबारबाट ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ । जिल्लाका ५ वर्ष पूरा भई १२ वर्ष ननाघेका बालबालिकालाई कोभिडविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार ९ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा मकवानपुरसहित विभिन्न जिल्लामा खोप अभियान संचालन गर्न निर्देशन दिएसँगै बिहीबारदेखि बालबालिकाहरुलाई खोप लगाउन लागेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।

उक्त खोप जिल्लाका ६१ हजार ७५ बालबालिकालाई लगाउन लागिएको जानकारी दिनुहुदै उहाँले ९१ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको उक्त खोप विद्यालयमा नै गएर बालबालिकालाई लगाउने निर्णय भएको बताउनुभयो । त्यसका लागि जिल्लाभरका ३ सय ९० स्वास्थ्यकर्मी खटाइने छ ।
उक्त खोप लगाएपछि केही बालबालिकाहरुलाई टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खोप लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, विविरा तथा डाबर आउने जस्ता समस्या हुन सक्ने उहाँको भनाई छ । यो खोप सुरक्षित रहेकोले ढुक्क भएर बालबालिकालाई लगाउन समेत उहाको सबैलाई आग्रह छ ।
सो खोप लगाउन कोभिड–१९ पुष्टि भएको ९० दिन कटेको हुनुपर्ने र ज्वरो आएको बालबालिकालाई लगाउन नमिल्ने सूचना अधिकारी घिमिरेले बताए । यो खोप पहिलो मात्रा खोप लगाएको २१ दिनपछि दोस्रो मात्रा दिइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*