पहिरोका कारण मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध

बकैया दर्पण संवाददाता
६ असार २०७९, सोमबार १२:१८

मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ रामचन्द्र भञ्ज्याङस्थित गएराति वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक विभागका प्राविधिकहरुले हटाउने प्रयास भइरहेको र आज अपराह्नसम्ममा यातायात संचालनमा ल्याउने इलाका प्रहरी कार्यालय भीमफेदीमा प्रहरी निरीक्षक प्रतिमा कार्कीले जनाएको छ ।

गत मंगलबार आएको कारण अवरुद्ध भएको उक्त सडकखण्डमा आइतबार मात्रै यातायात संचालनमा आएको थियो । पहिरोका कारण हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो दुरीको मार्ग भएर संचालन हुने साना सवारीसाधन हिजोदेखि बैकल्पिक सडक प्रयोग गरेर चलिरहेका छन् । बर्खायाम लागेसँगै विभिन्न स्थानहरुमा पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*