स्काउटको स्थापना दिवसको अवसरमा कार्यालय उद्घाटन तथा दिक्षान्त

बकैया दर्पण संवाददाता
६ असार २०७९, सोमबार १०:५४

मकवानपुर । नेपाल स्काउटको ७१ औ स्थापना दिवसको अवसरमा नेपाल स्काउट हेटौंडा उपमहानगरपालिका समितिले आफ्नो कार्यालय स्थापना गरेको छ ।
कार्यालयको नव निर्वाचित मेयर एवं स्थानीय स्काउट संरक्षक मिना कुमारी लामा र उप नेयर एवं स्थानीय स्काउट प्रमुख राजेश बानियाले सयुक्त उद्घाटन गर्नु भएको थियो । हेटौंडा उपमहानगरपालिका वडा न ५ बालज्योती माबिसँगै रहेको पुरानो जिल्ला स्काउट कार्यालय भवनमा नगरसमितिको कार्यालय स्थापना गरेको हो ।

आजै स्थानीय स्काउट कार्यालय पिप्लेमा नव निर्वाचित उपमहानगरपालिकाका प्रमुख एवं स्काउट संरक्षक मिना कुमारी लामा, उप प्रमुख एवं प्रमुख स्काउट राजेश बानियाँ र हेटौंडा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत शिवराज चौलागाईंले स्काउट दिक्षा लिनु भएको छ ।

नगर प्रमुख, उपप्रमुख एवं कार्यकारी अधिकृतलाई नेपाल स्काउट बागमती स्काउट कार्यालयका संयोजक शिवराम अर्यालले दिक्षान्त गराउनु भएको थियो भने स्काउट स्काफ रास्ट्रिय प्रशिक्षक एवं पुर्वजिल्ला आयुक्त बेली थापाले लगाइदिनु भएको थियो । कार्यक्रममा बागमती प्रदेश सदस्य अशोक सारु, महेन्द्र राना, ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, बाल ज्योति माबिका प्र+अ भरत अर्याल, शिक्षा प्रमुख गगाधर रिमाल लगायतको उपस्थित रहेको थियो भने कार्यक्रम हेटौंडा उपमहानगरपालिका समिती संयोजक दिपेन्द्र रोक्काको सभाध्यक्षतामा भएको थियो ।

आजै ७१ औ स्थापना दिवस पारेर हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर शिक्षा शाखाको समन्वयमा हेटौडा उपमहानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत बिधालयहरुका प्रधानाध्यापकहरुसंग समसामायिक स्काउटका विषयमा छलफल तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगरका ४० बिद्यालयका प्रधानाध्यापकहरुलाइ शिक्षा प्रमुख गगाधर रिमाल, नेपाल स्काउट बागमती प्रदेश संयोजक शिवराम अर्याल, रास्ट्रिय प्रशिक्षक एवं पुर्व जिल्ला आयुक्त बेली थापा, प्रदेश सदस्य अशोक सारुले कार्यक्रममा सहजीकरण गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*