हेटौंडामा निःशुल्क आँखा परीक्षण शिविर

बकैया दर्पण संवाददाता
५ असार २०७९, आईतवार १०:०८

मकवानपुर । मोबाइल एसोसियसन अफ मकवानपुरले हेटौंडामा शनिबार निः शुल्क आँखा परीक्षणको आयोजना गरेको छ । एसोसियसनले शान्ति अप्टिकल सेन्टर एण्ड सप्लायर्स हेटौंडा–१०, टीसीएन रोडसँगको सहकार्यमा निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरेको हो ।

मोबाइल एसोसियसनका अध्यक्ष दिनेश लामाको सभाध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघ वस्तुगततर्फ उपाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यतामा भएको शिविरमा ६० जनाले सेवा लिएका थिए ।

कार्यक्रममा एसोसिएसन संस्थापक अध्यक्ष छतेन्द्र आचार्य, निवर्तमान अध्यक्ष एसिस रिजाल तथा नेपाल मोवाइल वितरण संघ संयोजक रोहिणीप्रसाद गौतमलगायतको सहभागिता रहेको थियो । शान्ति अप्टिकलले पछिल्लो समय प्रत्येक हप्ता जिल्लामा क्रियाशील विभिन्न संघसंस्थासँग समन्वय गरेर आँखा शिविर संचालन गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*