जिसस मकवानपुरमा शतप्रतिशत मतदान

बकैया दर्पण संवाददाता
२ असार २०७९, बिहीबार १४:२६

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरको नयाँ नेतृत्वको लागि आज भएको निर्वाचनमा शत प्रतिशत मतदाताहरु मतदान प्रक्रियामा सहभागी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले दिएको जानकारी अनुसार, मकवानपुरको १० वटै स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कूल २० जना मतदाताहरुले मतदान गरेका छन् ।

बिहान १० बजेबाट सुरु भएको मतदान १ बजे सम्पन्न भएको हो । निर्वाचनको अवधि दिउँसो २ बजेसम्म भएकोले त्यसपछि मात्रै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिसस प्रमुख र बाँकी ६ सदस्यका लागि निर्वाचन भएको थियो । उपप्रमुख र दलित तथा अल्पसंख्यक सदस्य पदमा भने एकरएक जनाको मात्रै उम्मेदवारी परेपछि सो पदहरु निर्बिरोध भएको थियो ।

जिसस प्रमुख पदका लागि भने सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादीका ललितबहादुर घलान र नेकपा एमालेको तर्फबाट बुद्धिराम डिम्डुङले उम्मेदवारी दिएका छन् ।

मकवानपुरमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरापलिका र ८ वटा पालिका रहेका छन् । सबै पालिकाको प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको लागि मतदान गर्न पाउनेछन् । जसमा नेपाली कांग्रेसका ९, माओवादी केन्द्रका ७, नेकपा एमालेका ३ र एकीकृत समाजवादीको १ जना मतदाता रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*