ईन्द्र बानियाँको नेतृत्वमा बागमतीमा काँग्रेस झन् बलियो

बकैया दर्पण संवाददाता
३० जेष्ठ २०७९, सोमबार १५:२६

मकवानपुर । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले बागमती प्रदेशमा अघिल्लो स्थानिय तहको निर्वाचनमाभन्दा उपलब्धी हासिल गरेको छ ।
स्थानिय निर्वाचन २०७९ मा बागमती प्रदेशको मत परिणाम अनुसार अहिले कांग्रेसले ११९ पालिका मध्ये ५८ वटा तहको नेतृत्व हात पारेको छ । त्यस्तै ७४ गाउँपालिकामध्ये कांग्रेसले ३४ वटा गाउँपलिकामा नेतृत्व प्राप्त गरेको छ भने ४५ नगरपालिका मध्ये २४ वटामा नेतृत्व हात पारेको छ । प्रतिशतका हिसाबले कांग्रेस एक्लैले यो प्रदेशमा ४८.७ प्रतिशत नेतृत्व हात पारेको छ ।
अघिल्लो निर्वाचनमा जम्मा ३५ स्थानमा खुम्चीएको कांग्रेस यो निर्वाचनमा ५८ तहमा जित हासिल गर्न सफल भएको हो । अघिल्लो निर्वाचनभन्दा यस निर्वाचनमा नेपाली कांग्रेसले २३ तह बढीमा नेतृत्व हात पारेको हो । कांग्रेसको कमजोर क्षेत्र मध्ये मानिने यो प्रदेशमा कांग्रेस अहिले निकै बलियो भएको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ आफुले सोचे जस्तै परिणाम प्राप्त गर्न सकिएको बताउनुहुन्छ ।
२०७४ को स्थानिय निर्वाचनमा खस्कन पुगेको कांग्रेस यो प्रदेशमा पार्टीको प्रदेश अधिवेशनपछि तङ्ग्रिएको थियो । सत्ता गठबन्धनबीच नै कतिपय नगरपालिका गाउँपालिकामा तालमेल गर्ने अवस्था नभएपछि सभापति बानियाँले कतिपय स्थानमा हस्तक्षेप नै गरेर तालमेल गराउँदै टिकट वितरण गरेपछि यो अबस्थामा पुग्न नेपाली काङ्रग्रेस सफल भएको हो ।
२०७० अघि मकवानपुरमा कांग्रेसको राज्यसत्तामा उपस्थिति शुन्य जस्तै रहेको बेला बाानियाँ कार्यकारी भुमिकामा आईसकेपछि आमुल परिवर्तन गराउनुभएको हो । त्यही संगठन गर्ने क्षमताका आधारमा पनि बागमती प्रदेशमा परिणाम सुखद आउने उहाँ निकटहरुको निर्वाचन पहिला नै अपेक्षा थियो । नगरपालिका तर्फका २४ र गाउँपालिका तर्फका ३४ मा कांग्रेस नेतृत्वमा छ । यसको कुल संख्या ५८ हो । समग्रमा यो प्रतिशतका हिसाबले करिब ४९ प्रतिशत हो ।
यसपटक कांग्रेसले लामो समय जित हाँसिल गर्न नसकेको मकवानपुर उपमहानगरपालिकामा उपमेयर सहित आफ्नो कमजोर संगठन रहेका जिल्लाहरु धादिङ, सिन्धुली, दोलखा लगायतको स्थानमा बलियो उपस्थिति गराएको छ । प्रदेश सभापति बानियाँले यस पटकको निर्वाचनलाई आफ्नो प्रष्ठिासँग नै जोडेर हेर्नुभएको थियो । उहाँले जसरी मकवानपुरमा संगठन बनाउनुभयो, उही शैलीमा बागमती प्रदेशभर दौडाह बढाउनुभयो । पार्टीमा पद लिने तर काम नगर्ने प्रवृतिलाई तोड्दै बानियाँ प्रदेश सभापति भए लगत्तै प्रदेश भर घुमेपछि कतै राहत त कतै संगठन सुदृढीकरण अभियान नै चलाएका कारण अहिले परिणाम आउन सहज बन्यो ।
कतिपय स्थानमा कांग्रेस एक्लै प्रतिस्पर्धामा पनि छ । नगरपालिका संघका महासचिव एंव नीलकण्ठ नगरपालिका धादिङकाका प्रमुख भीम ढुंगाना बागमती प्रदेशमा कांग्रेसको परिणाम सुखद आउनुलाई बागमती प्रदेशको कार्यसमितिको कुशल नेतृत्वले हो भन्नुहुन्छ ।
कांग्रेस प्रदेश सभापति बानियाँले भने आफु यो पाँच वर्ष संगठन गरेर अर्को निर्वाचनमा एक्लै लड्दा पनि कांग्रेसलाई प्रष्ट बहुमतमा पुर्याउने लक्ष्यका साथ संगठन निमार्णमा लागेको बताउनुभयो । उहाँले प्रदेश कार्यसमिति आएको छोटो समयमा नै निर्वाचन परेकाले संगठन निमार्णमा अझै प्रयाप्त ध्यान दिन नसकेको भन्दै अब कार्यतालिका बनाएर काम गर्ने समेत प्रष्ट गर्नुभयोे ।
कांग्रेसले बागमतीका वडाहररुमा पनि राम्रो जित हात पारेको छ । वडामा कांग्रेस एक्लै निर्वाचन प्रतिस्पर्धामा थियो । करिब ४६ प्रतिशत वडामा कांग्रेसले एकल जित हाँसिल गरेको हो । उहाँले आफु अहिले नै एकल चुनाव लड्ने पक्षमा भने नरहेको प्रष्ट पार्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*