हेटौंडामा बागमती प्रदेशको स्थानीय तहका प्रमुख उपप्रमुखलाई अभिमुखिकरण

बकैया दर्पण संवाददाता
३० जेष्ठ २०७९, सोमबार १३:३२

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई पूर्वाधार विकासमा मात्रै नभई समग्र विकासमा केन्द्रीत हुन आग्रह गरेका छन् । प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि हेटौंडामा आयोजित अभिमुखिकरणको उद्घाटन गर्दै उनले ‘डोजरे’ विकासबाट बाहिर निस्कन आग्रह गरे ।

मुख्यमन्त्री पाण्डेले स्थानीय तहमा डोजरे विकास मौलाएको भन्दै चिन्ता व्यक्त गरे । ‘महिला, बालबालिका, दलित, अपाङ्ग र सीमान्तकृत समुदायको विकासमा तपाईंहरु सक्रिय हुनुहोस् । प्रदेश सरकार तपाईंहरुसँगै हिँड्न तयार छ ।’, उनले भने ।

उनले असार १० गते स्थानीय तहले ल्याउने बजेटमा प्रदेशको नीति तथा कार्यक्रममा समावेश भएका योजनाहरुलाई समेत समेट्न आग्रह गरे । ‘तपाईंहरु जुनजुन पार्टीबाट निर्वाचित भएपनि अब सवै जनतालाई सेवा गर्न तयार हुनुहोस् ।’, मुख्यमन्त्री पाण्डेले भने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र प्रदेश सुशासन केन्द्र बागमती प्रदेशको समन्वयमा हेटौंडामा प्रदेशभरका स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि दुईदिने तालिमको आयोजना गरिएको हो । तालिममा स्थानीय सरकार सञ्चालन र विकास सम्बन्धि प्रक्रिया र कानूनको विषयमा उनीहरुलाई जानकारी गराइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*