जिसस मकवानपुर निर्वाचनअन्तरगत आज मनोनयन दर्ता

बकैया दर्पण संवाददाता
३० जेष्ठ २०७९, सोमबार १०:२०

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचनअन्तरगत आज मनोनयन दर्ता गराउने कार्यतालिका रहेको छ । नयाँ नेतृत्वसहितको पदाधिकारी चयनको लागि आज मनोनयन दर्ता गराउने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

निर्वाचन समितिका अनुसार, आज दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताका लागि समयतालिका तय भएको छ । यस्तै, जेठ ३१ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ भने असार १ गते उम्मेदवारलालाई निर्वाचन चिन्ह प्रदान गरिने जनाइएको छ ।

असार २ गते विहान १० बजेदेखि दिउँसो २ बजेसम्म मतदान कार्यक्रमलाई लागि समय तय गरिएको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडा २ लाई मतदान केन्द्र तोकिएको छ ।

मकवानपुरमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरापलिका र ८ वटा पालिका रहेका छन् । सबै पालिकाको प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको लागि मतदान गर्न पाउनेछन् । ९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उपप्रमुखसहित ७ सदस्यको लागि मतदान हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*