बागमती प्रदेशसभामा आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

बकैया दर्पण संवाददाता
३० जेष्ठ २०७९, सोमबार १०:१३

मकवानपुर । बागमती प्रदेशसभाको भोलि बस्ने दशौँ अधिवेशन बैठकको कार्यसूची तयार पार्न आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार, आज बस्ने कार्यव्यवस्था परामर्शको बैठकले गत जेठ २० गतेको प्रदेशसभा बैठकले विभिन्न समितिहरुमा दफावार छलफलका लागि पठाएको विभिन्न विधेयकमाथि समितिहरुमा छलफल भइसकेको र त्यसको प्रतिवेदन संसदमा पेश गन अनुमति प्रदान गर्नेछ ।

त्यस्तै, आजको बैठकले भोलि दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि प्रस्तुत गर्न लागेको बजेटको सैदान्तिक पक्षमाथि छलफल हुने जनाइएको छ ।

बागमती प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको लागि बजेट ल्याउदैछ । १ गते अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले आगामी आवको लागि बजेट प्रस्तुत गर्ने भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*