प्रदेश १ र लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

बकैया दर्पण संवाददाता
२५ जेष्ठ २०७९, बुधबार ११:३४

मकवानपुर । प्रदेश १ र लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज बुधबार सार्वजनिक गर्दैछन् । बुधबार दिउँसो ४ बजे बोलाइएको प्रदेश सभा बैठकमार्फत आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेका हुन् ।

प्रदेश १ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख परशुराम खापुङ्गले तथा लुम्बिनी प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभामा प्रस्तुत गर्दैछन् । दुवै प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेका छन् । नीति तथा कार्यक्रमको आधारमा नै बजेट ल्याउने गरिन्छ ।

असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*