कर्णाली प्रदेशले आज नीति तथा कार्यक्रम ल्याउँदै

बकैया दर्पण संवाददाता
२४ जेष्ठ २०७९, मंगलवार १२:२६

मकवानपुर । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज ल्याउने तयारी गरेको छ ।

दिउँसो एक बजे संसदमा सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने तयारी रहेको कर्णाली प्रदेश सरकारले जनाएको छ । नीति तथा कार्यक्रम पारित भएपछि असार एक गते बजेट ल्याउने तयारी सरकारको छ ।

आउँदो वर्ष अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको कर्णाली सरकारले यस पटक बजेट घटाएर ल्याउने तयारी गरेको छ । प्रदेशको सन्तुलित विकास गर्न आउँदो आर्थिक वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने वर्षका रूपमा लिइने कर्णाली प्रदेश सरकारले जनाएको छ ।

‘सडक, पुल, सिँचाइ, खानेपानी, शिक्षा र स्वास्थ्यका आयोजनाहरू सम्पन्न गर्न पर्याप्त रकम विनियोजन गरिने कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बताउनुभयो ।’

आयोजना बैंक स्थापना गरी त्यही बैंकमा रहेका आयोजनाहरू मध्येबाट प्राथमिकताका आधारमा नयाँ आयोजना छनोट गरी स्रोत विनियोजन गरिने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*