अडानको उपमहासचिवमा हेटौंडाका ढुंगाना

बकैया दर्पण संवाददाता
२२ जेष्ठ २०७९, आईतवार १६:३५

मकवानपुर । नेपाल अडिटर्स एशोसिएसन (अडान) को छैठौं राष्ट्रिय अधिवेशनबाट हेटौंडाका राजेन्द्रप्रसाद ढुंगाना उपमहासचिवमा निर्वाचित हुनुभएको छ । शनिबार भएको अधिवेशनबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
अधिवेशनले अध्यक्षमा केदार नाथ पौडेल, वरिष्ठ उपाध्यक्षमा बद्री प्रसाद भट्टराई, प्रथम उपाध्यक्षमा डोल प्रसाद दाहाल, द्वितीय उपाध्यक्षमा अब्दुल करिम खान, तृतीय उपाध्यक्षमा झलकमणि लम्साल र महिला उपाध्यक्षमा मिरा श्रेष्ठलाई चयन गरेको छ । यसैगरी प्रदेश १ को तर्फबाट उपाध्यक्ष पोषराज नेपाल, मधेश प्रदेशबाट प्रदीप कुमार यादव, उपत्यकाबाट भोलानाथ पाठक, बागमती प्रदेशबाट रामजी अधिकारी, गण्डकीबाट बिल बहादुर भुजेल, लुम्बिनीबाट रमेश केसी, कर्णालीबाट बलराम रेग्मी र सुदुरपश्चिम प्रदेशबाट बहादुर सिंह बिष्ट निर्वाचित हुनुहुन्छ । यस्तै महासचिवमा प्रेमबहादुर श्रेष्ठ, उपमहासचिवमा ५ जना, सचिवमा ८ जना र सदस्यहरु समेत ७९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*