प्रहरीले वीरेन्द्रको शालिक हटाएकोप्रति राप्रपाको आपत्ति

बकैया दर्पण संवाददाता
१९ जेष्ठ २०७९, बिहीबार १३:२८

मकवानपुर । बाँकेको नेपालगन्ज धम्बोजी चोकमा रमखिएको पूर्वराजा वीरेन्द्र शाहको शालिक प्रहरीले हटाएकोप्रति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाएका छन् । नेपालगन्जमा जनस्तरबाट पुनःस्थापित स्व. राजा वीरेन्द्रको शालिकमाथि सरकार पक्षबाट भएको तोड्फोड तथा जनसाधारण माथिको धरपकडसम्बन्धी घटनामा राप्रपाको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘पक्राउ परेका सबैलाई तत्काल रिहाइ गर्न तथा इतिहासको सम्मान गर्न नेपाल सरकारसँग माग गर्दछु ।’

दरबार हत्याकाण्ड भएको दिन पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थित युवाहरूले धम्बोजी चोकमा स्वर्गीय राजा शाहको शालिक राखेका थिए । शालिक राखेको केहीबेरमा प्रहरीले हटाएपछि त्यहाँ तनाव भएको थियो ।

झडपमा एक दर्जनभन्दा बढी प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीमाथि पनि प्रहरीले लाठी बर्साएर केहीलाई पक्राउ गरेको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए ।

युवाहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले ४ राउन्ड हवाई फायर गरेरे स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*