मधेश प्रदेशसभाको नवौं अधिवेशन आजदेखि

बकैया दर्पण संवाददाता
१९ जेष्ठ २०७९, बिहीबार १२:०२

मकवानपुर । मधेस प्रदेश प्रदेशसभाको नवौं अधिवेशन आज बिहीबारदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौं अधिवेशन सुरु हुन लागेको हो ।

बिहीबार दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

आगामी जेठ २२ गते आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने तयारी छ । प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्ने छ ।

नीति तथा कार्यक्रमपश्चात् प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*