भ्रष्टाचारी नै भ्रष्टाचारको विरोधी भएको कमल थापाको आरोप

राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षमा माधव खत्री
बकैया दर्पण संवाददाता
१९ जेष्ठ २०७९, बिहीबार १०:२८

मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राजनीति भ्रष्टाचारको जालोमा रहेको बताएका छन् । राजनीतिक दलका नेता नै भ्रष्टाचारको विरुद्धमा बोल्न नसकेका कारण मुलुक आर्थिक संकटको स्थितिमा पुगेको उनको भनाइ छ ।
बुधबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष थापाले देशमा भ्रष्टचार गर्नेले नै भ्रष्टचारको विरोध गर्ने प्रवृत्तिले गर्दा भ्रष्टाचारी चिन्न गाह्रो भएको दावी गरेका हुन् । अहिले घुस बिना कुनैपनि काम गर्न नसकिने र घुस लिनु कानुनसम्मत जस्तै भएको थापाको भनाइ रहेको छ । अर्थव्यवस्थाको चुनौतीले देशमा युवा बेरोजगार बढेको उल्लेख गर्नुहुँदै अध्यक्ष थापाले देशमा धेरै विलासी वस्तुको प्रयोगले व्यापार घाटा बार्षिक १२ खर्ब पुगेको बताए ।
यसैबिच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल बागमती प्रदेशको अध्यक्षमा माधब खत्री चयन भएका छन् । हेटौंडामा जारी बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले प्रदेश अध्यक्षमा खत्रीलाई चयन गरेको हो ।
खत्री हाल भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए । उनी विद्यार्थी कालदेखि नै राजनीतिमा संलग्न थिए । प्रदेश अध्यक्षमा चयन भएसँगै खत्रीले बागमती प्रदेशमा राप्रपा नेपालको बलियो संगठन निर्माण गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*