बालेनले गरे पदभार ग्रहण, नगरसभा बैठक लाइभ गर्ने पहिलो निर्णय

बकैया दर्पण संवाददाता
१६ जेष्ठ २०७९, सोमबार १४:१६

मकवानपुर । काठमाडौं महानगरपालिका नवनिर्वाचित प्रमुख बालेन शाहले पदभार ग्रहण गरेसँगै नगरसभा बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन्। राष्ट्रियसभा गृहमा शपथ ग्रहण गरेपछि सिधै महानगरपालिको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । उनले अपरान्ह ४ बजे नगरकार्यपालिकाको बैठक बस्ने र त्यसको लाइभ प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

यसअघि नै चुनावी प्रचार प्रसारका दौरान साहले मेयरमा निर्वाचित भएपछि नगरकार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गर्ने बताएका थिए । १६२ जना नगर कार्यसमिति रहेको काठमाडौं महानगरपालिकामा १६० जना मात्र निर्वाचित भएका छन् । वडा नम्बर २४ र २५ को दलित महिला सदस्यमा उम्मेदवारी नपरेपछि उक्त पद रिक्त छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*