हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकामा ८ जना सदस्य निर्वाचित

बकैया दर्पण संवाददाता
१६ जेष्ठ २०७९, सोमबार ०७:२०

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा ८ जना सदस्य निर्वाचित भएका छन् । आइतबार भएको मतदानमा महिला र अल्पसंख्यक तथा दलित दुबैतर्फ नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

महिलातर्फ पातली माया गोङबा, ईश्वरी बिश्वकर्मा, रुक्मिणी स्याङ्तान, मञ्जु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका छन् भने दलित तथा अल्पसंख्यकतर्फ वीर बहादुर बिश्वकर्मा, शंकर राई र अर्जुन बहादुर राई निर्वाचित भएका छन् । ९७ जना मतदातामध्ये एमालेका उम्मेदवारले ५० मत पाएका छन् भने गठबन्धनका उम्मेदवारले ४७ मत पाएका छन् ।

गठबन्धनबाट महिला सदस्यमा नेपाली कांग्रेसकी रन्जु गोम्जा, सन्तुमाया पाख्रिन, सविना विडारी, नेकपा एकीकृत समाजवादीबाट कमला पौडेल र सुनिता परियार उम्मेद्वार दिए । यस्तै अल्पसंख्यक तथा दलितर्फ गठबन्धनबाट नेपाली कांग्रेसका धनराज प्रजा, रामबहादुर नेपाली र नेकपा एकीकृत समाजवादीबाट कल्पना बिश्वकर्मा उम्मेद्वार थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*