मूल्यवृद्धिविरुद्ध हेटौंडामा सिठ्ठी जुलुस

बकैया दर्पण संवाददाता
१३ जेष्ठ २०७९, शुक्रबार १४:२४

मकवानपुर । पेट्रोलियम पदार्थ तथा खाना बनाउने ग्याँस लगायतमा भएको मूल्यवृद्धिको विरोधमा मकवानपुरको हेटौंडामा सिठ्ठी जुलुस निकालिएको छ ।

सरकारले निरन्तर मूल्यवृद्धि गरेको भन्दै एमाले निकट अनेरास्ववियु मकवानपुरले हेटौंडा बजारमा सिठ्ठी जुलुस निकालेका हुन् । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा चरणवद्ध आन्दोलनमा आज सिठ्ठी जुलुस प्रर्दशन गरेको हो ।

मकवानपुर क्याम्पस,हेटौंडा क्याम्पसबाट निस्केको विद्यार्थीको सिठ्ठी जुलुस बजारको परिक्रमा गर्दै बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*