बागमती प्रदेश सभाको बैठक आज बस्दै

बकैया दर्पण संवाददाता
१३ जेष्ठ २०७९, शुक्रबार १०:३२

मकवानपुर । आज बागमती प्रदेश सभाको बैठक बस्दैछ । बिहान ११ बजेबाट सुरु हुने बैठक प्रदेश सभाको दशौँ अधिवेशनको पहिलो बैठक हो।

पहिलो बैठकमा प्रमुख प्रतिपक्ष र विभिन्न दलका नेताहरुले शुभकामना सन्देश राख्ने र विभिन्न अध्यादेश पेस गर्ने कार्यतालिका छ भने दोस्रो बैठकमा प्रि बजेटमाथिको छलफल हुनेछ ।

पहिलो बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेस गर्ने तयारी छ ।

त्यसैगरी, युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्ने कार्यतालिका छ ।

प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ पनि संसदमा पेश हुने भएको छ ।

यी अध्यादेशहरु संसद सञ्चालन नभएको समयमा प्रदेश सरकारले ल्याएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*