हेटौंडा उपमहानगरमा भ्रष्ट्राचारको गन्ध,खरीद ऐन विपरित लाखौको फर्निचर

फर्निचर खरीदबारे मेयर–उपमेयरलाई थाहा छैन
बकैया दर्पण संवाददाता
११ जेष्ठ २०७९, बुधबार १०:३७

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले नवनिर्वाचित मेयर, उपमेयर तथा विभिन्न वडाअध्यक्षहरुका लागि सार्वजनिक खरीद ऐन विपरित लाखौको सामान खरीद भएको छ । गत आईतबार उपमहानगरको प्रशासनले सो फर्निचर खरीद गरी ल्याएको हो । उपमहानगरले सोफासेट, टेबुल, कुर्सी, झ्यालका पर्दा, टेलिभिजन लगायतका सामग्री विना कोटेशन, खरीद ऐन विपरित ल्याएको पुष्टि भएको छ ।
सेटिङमा लाखौं रकमको फर्निचर ल्याएर कागज मिलाउन मात्रै बल्ल उनीहरु कोटेशन ल्याउने तरखरमा रहेको खरीद शाखाका बसन्तकुमार सिटौलाले बताएका छन् ।

मेयर उपमेयरले समेत आफूलाई नयाँ फर्निचर ल्याईएको बारे थाहा नभएको र काम लाग्ने हुँदाहुँदै खरीद गर्नु नपर्ने बताउँदै आएका छन् । तर काम लाग्ने थियो वा थिएन भन्ने विषयमा जनप्रतिनिधि भने मौन बसेका छन् । उनीहरु नियमविपरित खरीद भएको भन्ने जान्दा जान्दै तै चुप मै चुप रहेका छन् । तर सार्वजनिक स्थलमा मेयर÷उपमेयरहरु भने नगरमा सुशासनको कुरा गरिरहेका हुन्छन् । तर आफ्नै कुर्सी टेबुलबाट सुशासन, पारदर्शिता र मितव्ययिता ल्याउने विषय उनीहरुका लागि कोशौं टाढाको कुरा भएको छ ।

उपमहानगरका मेयर/उपमेयरलाई समेत थाहै नदिई जनताको प्रत्यक्ष सरोकार रहेको सार्वजनिक निकायले आर्थिक अनियमितता गर्नकै लागि दरभाऊ बिना लाखौंको सामान खरीद गरेको प्रष्ट भएको छ । फर्निचर लगायतको खरीद प्रक्रिया बारे हिजो मङ्गलबार जानकारी माग्दा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले कागजात खरीद शाखामा रहेको बताएता पनि खरीद शाखाले कोटेशन लगायतका कुनैपनि कागजात नरहेको ल्याउन लागिएको जानकारी दिएका पछि प्रमुख प्रशाकीय अधिकृत चौलागाई नाजवाफ भएका थिए ।

प्रचलित कानुन् अनुसार सरकारी कार्यालयले कुनैपनि वस्तु वा सेवा खरीद गर्नुपरेमा न्युनतम ३ वटा संस्थाको कोटेशन वा सार्वजनिक सूचना जारी गरी सिलबन्दी दरभाऊ माग गरेर सबैभन्दा कम मूल्यमा सेवा दिने संस्थालाई सो कार्य गर्न आदेश दिईनु पर्ने हुन्छ । सार्वजनिक खरीद ऐन नै मिचेर कुनै पनि सेवा वा वस्तु लिन नहुने र त्यसो गरिएमा गरिएमा असुल उपर गर्नुपर्ने गरी बेरुजू हुने ऐनमा उल्लेख छ ।

साभार: ग्यालेक्सी टेलिभिजन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*