हेटौंडामा जिप दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

बकैया दर्पण संवाददाता
८ जेष्ठ २०७९, आईतवार १०:५५

मकवानपुर । मकवानपुरको हेटौंडामा शनिबार सांँझ भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

हेटौंडा कुलेखानी काठमाडौं सडकअन्तर्गत शनिबार सांँझ वीरगञ्जबाट काठमाडौं जांँदै गरेको ना ४ च २३१५ नम्बरको जिप इन्द्रसरोबर गाउँपालिका–२ सिमखोलामा पुलको बारमा ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार दुर्घटना भएपछि जिपमा चालकसहित आठ जना घाइते भएकालाई उपचारका लागि हेटौंडा ल्याउँदा बाटोमा तीन जना र उपचारको क्रममा एक जनाको मृत्यु भएको हो ।
एक जना घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिएको र तीन जनाको हेटौंंडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।
मृतक तथा घाइते सबै पुरुष रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*