हेटौंडामा ६७४३५ मतगणनाः मेयर र उपमेयर दुबैमा गबन्धनको अग्रता

बकैया दर्पण संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार १५:२२

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । हालसम्म ६७ हजार ४३५ मत गणना भएको छ । हेटौंडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीना लामाले फराकिलो अग्रता कायम गरेकी छिन् । यो समाचार तयार पार्दासम्म लामाले २१ हजार २०३ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै, एमालेका अनन्त पौडेलले १९ हजार ३२५ मत ल्याएका छन् । मीना अनन्त भन्दा १ हजार ८७८ मतले अगाडि छिन् । राप्रपाका दीपकबहादुर सिंहले पनि १८ हजार ६२६ मत पाएका छन् ।
त्यस्तै, उप–प्रमुखतर्फ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजेश बानियाँले ३० हजार ३०२ मत ल्याएका छन् । एमालेकी सुमित्रा काफ्लेले २१ हजार ६९७ मत प्राप्त गरेकी छिन् । यस्तै, राप्रपाका उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानेले ४ हजार ९१७ मत ल्याएकी छिन् । मतगणना जारी रहेको छ । हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९, १०, ११, १२ र १३ को मतगणना भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*