बकैयामा निर्वाचितलाई प्रमाणपत्र वितरण

बकैया दर्पण संवाददाता
५ जेष्ठ २०७९, बिहीबार १३:५८

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरुलाई निर्वाचन अधिकृतले प्रमाणपत्र वितरण गरेका छन ।

बुधवार अन्तिम नतीजा सार्वजनिक गरेको निर्वाचन अधिकृतको कार्यालयले बुधवार साँझ ५ बजे विजयीलाई प्रमाणपत्र वितरण गरेको हो ।
निर्वाचन अधिकृत आनन्दराज पोखरेललले नवनिर्वाचित गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री सहित वडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका हुन ।

स्थानीय सरकारको व्यवस्थापिका गठन भएको र अब कार्यपालिका गठन गरेर निर्वाचन अधिकृतको कार्यालयले आफ्नो जिम्मेवारी पूरा गर्ने निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए । उनका अनुसार कार्यपालिकामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरु स्वतः सदस्य हुने व्यवस्था छ । निर्वाचित वडा सदस्यहरु मध्येबाट ४ जना महिला कार्यपालिका सदस्यमा चयन हुनेछन् । यस्तै अल्पसंख्यक र दलित समुदायबाट दुईजना मनोनित गरेपछि कार्यपालिकाको संरचना पूर्ण हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*