मनहरी गाउँपालिकामा गठवन्धनको जित

बकैया दर्पण संवाददाता
५ जेष्ठ २०७९, बिहीबार ११:२६

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा गठवन्धनले जित हाँसिल गरेको छ । गठबन्धनबाट अध्यक्षका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका रञ्जन कालाखेतीले ९ हजार ३६६ मत प्राप्त गरेका छन् । उनको प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्षका प्रत्यासी तथा निवर्तमान अध्यक्ष एकराज उप्रेतीले ४ हजार ९७० मत प्राप्त गरेका छन् । नेकपा (एस) ले १ हजार ६१४ मत प्राप्त गरेको छ ।

उपाध्यक्ष तर्फ गठबन्धनबाट नेकपा माओवादीका सिता पुलामी मगर (रेखा) विजयी भएकि छिन् । रेखाले ७ हजार ४७० मत गर्दा नेकपा एमालेका सुजिता थिङले ५ हजार १३८ मत प्राप्त गरेकि छिन् । उपाध्यक्षका उम्मेदवार तथा निवर्तमान मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले २ हजार १४१ मत प्राप्त गरेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*