बकैयामा गठबन्धनका पालिका अध्यक्ष उम्मेदवार लामिछाने अगाडि

बकैया दर्पण संवाददाता
३ जेष्ठ २०७९, मंगलवार १३:४८

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धन अगाडि देखिएको छ । बकैयामा रहेको १२ वटा वडाहरु मध्ये ९ वटा वडाहरुबाट प्राप्त मत परिणामको आधारमा गठबन्धनबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारहरु अगाडि देखिएका हुन । अहिले सम्म प्राप्त मत गणनाको नतिजा अनुसार नेकपा एमालेबाट गाउँ पालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार निकै पछि रहेका छन ।

बकैया गाउँपालिकामा हाल सम्म वडा नम्बर १, २, ६, ७, ८, ९, १०, ११ र १२ नं. वडाको मत परिणाम सहितको नतिजा आईसकेको छ भने वडा नं.३, ४ र ५ को नतिजा आउन बाँकी रहेको छ ।

गठबन्धका तर्फबाट बकैयाँ गाउँ पालिका अध्यक्ष उम्मेदवार नेपाली काँग्रेसका धर्मराज लामिछानेले ७ हजार ९५३ मत पाएका छन भने नेकपा एमालेकी सरला बोलखेले ४ हजार ५३२ मत पाएकी छिन । लामिछाने बोलखे भन्दा ३ हजार ४२१ मत अन्तरले अगाडि रहेका छन ।

त्यस्तै गठबन्धनका तर्फबाट गाउँपालिका उपाध्यक्ष उम्मेदवार नेकपा माओवादी केन्द्रका भक्त बहादुर खत्रीले ६ हजार ५६७ मत प्राप्त गरेका छन भने नेकपा एमालेका लाल बहादुर स्याङतानले ४ हजार ९९२ मत पाएका छन । खत्री स्याङतान भन्दा १ हजार ९७२ मत अन्तरले अगाडि रहेका छन ।

बकैयामा हाल सम्म सार्वजनिक भएको मत परिणाम अनुसार गठबन्धनका दुबै उम्मेद्वार अगाडि रहेका छन भने एमालेका उम्मेद्वार पछि पछि रहेका छन ।

हाल सम्म बकैया–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार आशिष तितुङ, बकैया–२ मा नेकपा माओवादी केन्द्रका विश्वराज स्याङ्तान, बकैया–६ मा नेकपा एमालेका उम्मेदवार फुलबहादुर भोम्जन, बकैया–८ मा नेकपा माओवादी केन्द्रका विष्णु नेगी, ९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार टंकध्वज लोप्चन, बकैया–१० मा नेपाली कांग्रेसकी कमला वाईबा, बकैया–११ मा नेपाली कांग्रेसका गोपाल बहादुर नेसुर, बकैया–१२ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र बजगाई वडा अध्यक्षमा निर्वाचित भइसकेका छन् । अब बकैया गाउँपालिकाको ३, ४ र ५ नम्बर वडाको मतगणना गर्न बाँकी छ । अहिले वडा नम्बर ४ को मतगणना भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*