बकैया ८ मा माओवादीका नेगी निर्वाचित

बकैया दर्पण संवाददाता
२ जेष्ठ २०७९, सोमबार १७:४४

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ८ को वडा अध्यक्षमा माओवादी केन्द्रका विष्णु नेगी निर्वाचित भएका छन् । नेगीले ६ सय ३३ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार सिद्धि मान घलानले ५ सय ८२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार रामबहादुर गोलेले ५ सय २३ मत प्राप्त गरेका छन् । त्यस्तै, वडा सदस्यमा बिरबहादुर घलान, संजय कुमार लोप्‍चन, जरी मायाँ वाईबा र दिप कुमारी विश्‍वकर्मा निर्वाचित भएका छन् ।

बकैयामा हालसम्म नेकपा एमालेले जम्मा १ वटा मात्रै वडा जितेको छ । एमालेले बकैया–६ नमवर वडा जितेको हो । यस्तै, कांग्रेसले बकैया–१०, बकैया–११, बकैया–१२ मा जित हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले बकैया–२ नम्वर वडा जितेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*