मकवानपुरगढी अपडेटः विदुरभन्दा दोर्जे १५७३ मतले अगाडि

बकैया दर्पण संवाददाता
२ जेष्ठ २०७९, सोमबार ०८:५७

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा सोमबार बिहानसम्म चार वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्वर १,२,७ र ८ को मतगणनाको अन्तिम परिणाम आइसकेको छ । प्राप्त मत परिणाम अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले अग्रता कायमै राखेको छ ।

गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका दार्जे लामा नेकपा एमालेका अध्यक्ष उम्मेदवार विदुर हुमागाईं भन्दा १ हजार ५७३ मतले अगाडि रहेका छन् । उनले हालसम्म ३ हजार ५७९ मत प्राप्त गरेका छन् भने हुमागाईंले २ हजार ६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी मानकुमारी पाख्रिनले एमालेका उपाध्यक्षकी उम्मेदवार सन्तु थिङ्लाई १ हजार ३६० मतले पछि पारेकी छिन् । पाख्रिनले ३ हजार २३६ मत प्राप्त गर्दा एमालेकी थिङले १ हजार ८७६ मत प्राप्त गरेकी छिन् । अहिले वडा नम्वर ३ र ६ को मत गणना जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*