मकवानपुरमा ३६ वटा वडाको मत परिणाम सार्वजनिक

बकैया दर्पण संवाददाता
२ जेष्ठ २०७९, सोमबार ०८:५३

मकवानपुर । मकवानपुर जिल्लामा मतपरिणाम सार्वजनिक भएका धेरैजसो वडामा काग्रेस विजयी भएको छ । त्यसपछी एमाले र तेस्रोमा एमाले परेको छ । जिल्लाका दश वटा स्थानीय तहका ३६ वटा वडाको मत परिणाम सार्वजनिक भइरहँदा १९ वटा वडामा कांग्रेसले बिजयी हासिल गरेको छ ।

मकवानपुरमा माओवादीले १० वटा र एमालेले सात वटा वडामा विजयी भएको छ । कांग्रेसले भीमफेदी, मनहरी, कैलाश राक्सिराङमा ३/३ वटा वडा, इन्द्रसरोबर, गढी, वकैया गाउँपालिकामा २/२ वटा र हेटौंडामा १ एउटा वडामा जितेको छ ।
माओवादीले थाहा नगरपालिकामा चारवटा, वकैयामा २ र भीमफेदी, कैलाश, राक्सिराङ र वाग्मतीमा एउटा/एउटा वडामा विजयी भएको छ । एमालेले भीमफेदीमा ३, इन्द्रसरोबरमा २, कैलाश र राक्सिराङमा १ वडामा जित हात पारेको छ । जिल्लाको दशवटा स्थानीय तहमध्ये नौवटामा सत्तारुढ गठबन्धन र इन्द्रसरोबरमा एमालेले प्रमुखमा अग्रता कायम गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*