इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा एमालेका पुडासैनी निर्वाचित, उपाध्यक्षमा पुनः लामा

बकैया दर्पण संवाददाता
२ जेष्ठ २०७९, सोमबार ०८:३४

मकवानपुर । इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । भखरै सम्पन्न मतगणना अनुुसार मकवानपुरको पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार देवकृष्ण पुडासैनी निर्वाचित भएका हुन् ।

पुडासैनी ३ हजार ७२२ मतका साथ आगामी ५ वर्षकालागि इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै कांग्रेसका विश्वलाल लामाले मत ३ हजार ४७२ मत ल्याएका छन् । पुडासैनीले लामालाई २५० मतान्तरले पराजित गरेका हुन् ।

पालिका उपाध्यक्षमा एमालेकी उमाकुमारी लामा ३ हजार ७२५ मतले निर्वाचित भएकी छिन् । उनका निकट प्रतिस्पर्धी कांग्रेसका निर्मला लामा ३ हजार ६६५ मत प्राप्त गरेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*