मकवानपुरमा आजबाट मादक पदार्थ बिक्री तथा सेवनमा रोक

बकैया दर्पण संवाददाता
२७ बैशाख २०७९, मंगलवार १३:४९

मकवानपुर । मकवानपुरको १० वटै स्थनाीय तहमा आजबाट ३ तीनको लागि मादक पदार्थ बिक्री तथा सेवनमा रोक लगाईएको छ ।

सोमबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यलय मकवानपुरले बैशख २७ गते रातिबाट स्थानीय निर्वाचन हुने बैशाख ३० गते शुक्रबारसम्म जिल्लाभर मादक पदार्थको सेवन तथा विक्रि वितरणमा रोक लगाईएको जनाएको छ ।

स्थानीय निर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मादक पदार्थको सेवन तथा विक्रि वितरणमा रोक लगाईएको प्रशासनले जनाएको छ ।

यसैगरि,मतगणनास्थलको ५ सय मिटर आसपास क्षेत्रमा मतगणनाको कार्य सम्पन्न नहुँदासम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाएको सूचनामा जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*