एमाले हेटौंडा-१६ द्वारा पहिलो चरणको घरदैलो सम्पन्न

बकैया दर्पण संवाददाता
२१ बैशाख २०७९, बुधबार १३:२८

मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नंबर १६ कमिटीले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आफ्ना उम्मेदवारहरुलाई मत माग्दै पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

मेरो वडा म जिताउछु भन्ने अभियानको रूपमा सुरू गरिएको पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न भएको एमाले हेटौंडा-१६ नंबर वडाले जनाएको छ ।

एमाले हेटौंडा १६ नंबर वडा कमिटीले वडा अध्यक्षका उम्मेद्वार बसन्त लामिछाने,महिला वडा सस्यका उम्मेद्वार अस्मीता भुषाल,दलित महिला सदस्य उम्मेद्वार पवित्र विश्वकर्मा,खुला वडा सदस्यद्धय राजेन्द्र गरङजा मगर र कृष्ण बहादुर रुम्बासहित ५ जना उम्मेद्वारहरु सहित घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।

दोस्रो चरणको घरदैलो कार्यक्रममा छुटेका घरदैलो र व्यक्तिलाई भेटघाट गर्ने अभियान रहेको वडा कमिटले जनाएको छ ।

मतदाताबाट आफुहरुले माया सद्भाव प्राप्त गरेको र बैशाख ३० गते हुने मतदानबाट आफ्ना उम्मेदवारहरु भारी मतले विजय हुनेमा ढुक्क रहेको हेटौंडा उपमहानगर कमिटी सचिवालय सदस्य एवं वडा ईञ्चार्ज राज कुमार बास्तोलाले बताए ।

साथै उनले बैशाख २२ गते बिहान ७ बजे १६ नंबर वडाको चिसापानि चोकमा एमालेबाट मेयर पदका उमेद्वार अनन्त प्रसाद पौडेल र उपमेयरका उम्मेद्वार सुमित्रा काफ्ले सहितको वडा स्तरीय चुनावी सभाको तयारी पुरा भएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*