अध्यक्ष प्रचण्डसँग छलफलपछि सिन्धुली माओवादीका नेताले फिर्ता लिए राजीनामा

बकैया दर्पण संवाददाता
२१ बैशाख २०७९, बुधबार १३:१४

मकवानपुर । स्थानीय तहको टिकट वितरणको विषयलाई लिएर विबाद चुलिएपछि माओवादी केन्द्रका वागमती प्रदेश सचिवालय सदस्य एवं सिन्धुली जिल्ला संयोजक रामकुमार पौडेल,बागमती प्रदेश सचिवालय सदस्य एवं मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन र बागमती प्रदेश सचिवालय सदस्य संगिता माझीले पदबाट राजीनामा दिएका थिए ।

तर यसबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि उनीहरुले राजीनामा फिर्ता लिएका हुन् । बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन पश्चात पार्टी भित्रको समस्याबारे स्वस्थ बहस र समीक्षा गर्ने अध्यक्ष प्रचण्डसँग सहमति भएपछि उनीहरुले राजीनामा फिर्ता लिएका हुन् ।

राजीनामा फिर्ता लिएसँगै उनीहरुले आफ्ना आधिकारिक उम्मेदबारलाइ जिताउन सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*